कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना पुष्टि, थप १६२१ जना डिस्चार्ज र २३ जनाको मृत्यु – Kanika Khabar
Saturday, September 18Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना पुष्टि, थप १६२१ जना डिस्चार्ज र २३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, दाङ ।
नेपालमा बितेको २४ घण्टामा थप  १३८२ थप जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्