सर्वदलीय बैठक : संविधान विरोधीविरुद्ध एक जुट बनौँ – Kanika Khabar
Friday, April 19Nepali News Portal

सर्वदलीय बैठक : संविधान विरोधीविरुद्ध एक जुट बनौँ

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, काठमाडौँ ।
झण्डै ३ घण्टा लामो बसाइँ र छलफल गरेर सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी विरुद्ध एकजुट हुन आह्वान गरेका थिए । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न सबैलाई आह्वान गरेका थिए । उनले भने, ‘संविधान विरोधी र हिंसात्मक गतिविधि बढ्दै जान थालेका छन् यसका विरुद्धमा सबै एकजुट हाँै ।’

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्