कनिका खबर
मंसिर २३, दाङ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ ‘हत्या’को जिम्मा लिदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिकारका क्रममा ज्यान गएको बताएको छ ।
नेकपाको मेची–कोशी ब्यूरोले प्रेस वक्तव्य जारी गर्दै शिक्षक श्रेष्ठको मृत्यु प्रतिकारका क्रममा भएको दाबी गरेको हो ।
सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापद्वारा जारी प्रेस वक्तव्य उल्लेख गरिएको छ ।
सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव आज मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।
शिक्षक श्रेष्ठसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको उनको परिवारले बताएको छ।
यस्तो छ विज्ञप्ति