लक्ष्मण बस्नेत
मङ्सिर २३, दाङ ।
दाङको तुलसीपुरमा जिल्ला स्तरीय कबड्डी प्रतियोगिता २०७७ हुने भएको छ । दाङ जिल्ला कबड्डी संघको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यही मङ्सिर २५ गतेदेखि सुरु हुुनेछ ।
स्थानीय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाइचारा कायम गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला का ७ टिमको सहभागिता रहेको आयोजक दाङ जिल्ला कबड्डी संघका अध्यक्ष रोशन ओलीले जानकारी दिएका छन् ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद १२ हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद ८ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद ४ हजार, प्रमाणपत्र हात पार्नेछ ।
यसैविच प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुजन थापाले जानकारी दिएका छन् ।