उदयपुरमा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु – Kanika Khabar
Friday, February 14Nepali News Portal

उदयपुरमा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, उदयपुर
चिसोले कठ्याङ्ग्रिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ स्थित डिएमगेट मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि गाईघाटको पुरानो भवन सडकमा ओत लागि मागेर हिँड्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का ५६ वर्षिय लक्ष्मण भुजेल रहेको प्रहरीले जनाएको छ । सडकमा मागेर हिँड्ने ती व्यक्तिको मृत्यु अत्याधिक चिसोका कारण भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरमा चिसो निकै बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्