बालिका बलात्कार गरी फरार रहेका अभियुक्त ७ वर्षपछि पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बालिका बलात्कार गरी फरार रहेका अभियुक्त ७ वर्षपछि पक्राउ

    मा प्रकाशित

मंसिर २३, बाँके ।
७ बर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले ११ बर्षपछि पक्राउ गरेको छ ।

बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ बर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतले २०६८ साल असार ३१ गते शर्मालाई दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो ।

त्यसपछि शर्मा फरार रहँदै आएका थिए ।

शर्माले २०६६ साल कात्तिक २७ गते राति साविक कालाफाँटा गाविस वडा नं। ३ र हाल नरैनापुर गाउँपािलका वडा नं। ३ की एक ७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेपछि फरार रहँदै आएको बाँकेका प्रमुख एसपी ओम रानाले बताए ।

इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले सोमवार शर्मालाई पक्राउ गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्