मंसिर २३, काठमाडौँ ।
आज ३६औँ ‘चार्टर डे’ मनाइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै आज ३६औँ ‘चार्टर डे’ मनाइएको हो ।
सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् ।
दक्षिण एशियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ ।
सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएकोे थियो । सोही दिनको स्मरणमा आज बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।