६ मन्त्रालयद्वारा चौमासिक प्रगति समीक्षा प्रस्तुत – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

६ मन्त्रालयद्वारा चौमासिक प्रगति समीक्षा प्रस्तुत

    मा प्रकाशित

मंसिर २४, काठमाडौं ।
राष्ट्रिय योजना आयोगमा आज विभिन्न छ मन्त्रालयले यस आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका छन् । आज दोस्रो दिन कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चौमासिक प्रगति समीक्षा प्रस्तुति गरेका हुन् ।

भर्चुअल समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मन्त्रालयका सचिवलाई आवश्यक सुझाव र निर्देशनसमेत दिए । उनले मन्त्रालयस्तरीय विकास समस्या समाधन समितिबाट समाधान हुन नसकेका कुरा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधानका लागि सुझाव तयार गर्नुपर्ने, समस्याग्रस्त र विशेषरुपमा अनुगमन गर्नुपर्ने कार्यक्रम तथा आयोजनाको पहिचान र कार्यान्वयनको लागि गति प्रदान गर्न सचिवलाई निर्देशन दिए ।

उनले केन्द्रीयस्तरमा अनुगमन एवं अन्तरमन्त्रालय तथा निकाय समन्वय, गरिबीको अवस्थाका बारेमा गरिने सर्वेक्षण, तथ्याङ्क सड्कलन, विश्लेषण तथा राष्ट्रियस्तरको प्रतिवेदन तयारी सम्बन्धमा आवश्यक मार्गदर्शन दिने, नयाँ कार्यक्रम तथा आयोजनाको सिफारिस गर्ने, अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र निर्देशन दिनुपर्ने बताए ।

बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेल्वासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्रम मन्त्रालयका सचिव तोयम रायाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उनीहरुले मन्त्रालयको तर्फबाट ४५, ४६ र ४७ औँ राष्ट्रिय विकास समस्या समाधान समितिका बैठकले गरेका निर्णयको विस्तृत कार्यान्वयन अवस्था, आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजना, प्राथमिकतामा परेका आयोजनाको चालु आव २०७७र७८ को प्रथम चौमासिक प्रगति स्थिति तथा प्रगति कम हुनुका कारणहरु प्रस्तुत गरेका थिए । उनीहरुले समस्या समाधानका लागि गरिएका प्रयास, पहिचान गरिएका विकल्प र निर्णयका लागि राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्तुत गर्नुपर्ने प्रस्तावित विषयबारे जानकारी गराएका थिए ।

सो अवसरमा चालू १५ औँ योजनाको नतिजाको खाकाबमोजिमको हालसम्मको प्रगति स्थिति, विकास आयोजनाको सम्बन्धमा महालेखा परीक्षकको ५७औँ प्रतिवेदनले उठाएका सवाल र कार्यान्वयनको स्थितिलगायतका विषयवस्तु समेटेर प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा का उपाध्यक्ष प्राडा कँडेल, सदस्य डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव शिशिर ढुङ्गाना, प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललगायतको सहभागिता थियो । बैठक यही मङ्सिर २२ गते शुरु भई आगामी शुक्रबारसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्