दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द – Kanika Khabar
Friday, February 14Nepali News Portal

दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द

    मा प्रकाशित

लक्ष्मण विश्वकर्मा
मंसिर २४, दाङ ।
मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरित सञ्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिनुभएको थियो ।

जिल्ला अनुगमन समितिले गत कात्तिक अन्तिम सातामादेखि मंसीर पहिलो सातासम्म अनुगमन गरी गत मंसीर ६ गते पत्रकार सम्मेलन गदै ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको जानकारी गराएको थियो । सोहि अनुसार उनीहरुले उद्योग बन्द गरेको आफूलाई जानकारी आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । बालुवा उद्योगहरुले आफूलाई सम्पर्क गरी बन्द गरेको जानकारी गराएको र अब ती उद्योग बन्द भएका छन् की छैनन् भनेर बास्तविक पत्ता लगाउन अनुगमन गर्न बाँकी रहेको उहाले बताउनुभयो । मापदण्ड विपरित सञ्चालित तुलसीपुर क्षेत्रमा रहेको स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।

यस्तै, लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएका छन् ।ती सवै उद्योग सञ्चालकहरुले उद्योग बन्द गरेर मेसनरी सामानहरु व्यवस्थापन भईरहेको स्थानीय प्रशासनलाई जानकारी गराएका छन् ।प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा १० वटा सञ्चालनमा रहेका र ती बैधानीक ढंगले चलेको पाईएको बताउनु भयो ।

जिल्लाका ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा यसअघि नै ६ वटा बन्द छन् । बाँकी २६ वटा सञ्चालनमा रहेकोमा १० वटाले मापदण्ड विपरित क्रसर उद्योगका नाममा चलाएको पाइएपछि प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो ।गृह मन्त्रालयले गएको कार्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रसोधन उद्योगको अनगुमन गर्न भनेपछि जिल्लामा क्रसर उद्योगको अनुगमन भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्