लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना

    मा प्रकाशित

लन्डन  /  कलेजोमा क्यान्सरका कारण बेलायतमा ५० बर्षिया चन्द्रमाया गुरूङको निधन भएको छ ।

सोमबार दिउंसो बेलायतको रेडिङस्थित उनकै घरमा निधन भएको उनका आफन्तले बताए । चन्द्रमाया बेलायतमा खोलीएको संस्था तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरूडं की धर्मपत्नी हुन् । मीनप्रसादको नाम बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवीका रुपमा अगाडी आउदछ ।

बेलायतका नेपाली समुदायमा चिरपरीचीत व्यवसायी एवं समाजसेवी कुल आचार्यले स्वर्गीय गुरूडं कोअल्पायुमा भएको निधन सगै सिड्गो नेपाली समाज सोकमा डुबेको बताउदै भगवानसग उहाको परिवारमा धैर्य धारणको शक्ती प्रदान गरून भन्दै समवेदना प्रकट गरेका छन् ।

गुरूङको निधन भएसगै बेलायतमा रहेका थुप्रै संघ संस्थामा आवद्द लगायत नेपाली समुदायले सामाजीक संजालमा समवेदना दिईरहेका छन् । उनका एक १६ वर्षीय छोरा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्