कक्षा एकदेखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

कक्षा एकदेखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काठमाडौं

सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हिजो सार्वजनिक गर्नुभएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्देश्यले एप ल्याइएको केन्द्रका निर्देशक एवम सूचना अधिकारी माधव दाहालले सीआईएनलाई जानकारी दिनुभयो । केन्द्रका अनुसार एपमा यसअघि तयार पारिएका अनलाइन शैक्षिक सामग्री, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । कक्षा ११ र १२ को पाठ्यसामग्री पनि एपमा समेट्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्