कर्णाली प्रदेशमा पहिलो चौमासिकमा दुई प्रतिशतमात्रै विकास खर्च – Kanika Khabar
Monday, December 8Nepali News Portal

कर्णाली प्रदेशमा पहिलो चौमासिकमा दुई प्रतिशतमात्रै विकास खर्च

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काठमाडौं

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई प्रतिशत विकास बजेट मात्रै खर्च गरेको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुले प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको चौमासिक खर्च निकै निराशाजनक देखिएको बताएका छन् । तर सीआईएनसँग कुराकानी गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बाहिर सार्बजनिक भएको तथ्याङ्क पूर्ण रुपमा सही नभएको दाबी गर्नुभएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष ३३ अर्ब ७४ करोड १३ लाख बजेट ल्याएको थियो । जसमध्ये पहिलो चार महिनाको अवधिमा जम्मा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १ सय २९ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अन्य प्रदेशमा पनि पहिलो चौमासिकको विकास खर्च उत्साहजनक हुन सकेको छैन । यस वर्ष कोरोना महामारीको असरका कारण विकास खर्च कमजोर देखिएको प्रदेश सरकारहरूको दाबी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्