शिक्षक हत्याको दोषीलाई कारबाही गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह – Kanika Khabar
Monday, December 8Nepali News Portal

शिक्षक हत्याको दोषीलाई कारबाही गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको समेत जनाएको छ । आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले विप्लव समूहलाई आग्रह गरेको छ । हिजो बिहान मोरङ मिक्लाजुङ–१ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्