एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई निर्देशन – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई निर्देशन

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काठमाडौं

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त पदमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न समेत सिफारिस भइसकेको छ । तर, राज्य व्यवस्था समितिले आज गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । गृमहमन्त्री बादलले भने यसलाई सम्बन्धित ठाउँमा पु¥याउने बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्