कनिका खबर
मंसिर २४, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेमा आज कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाले ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह ६ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । “होमस्टेहरुमा आउनुहुने पाहुनाहरुलाई स्थानीय तथा अर्गानिक स्वाद दिनका लागि स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेका हौं” उप प्रमुख तिवारीले भन्नुभयो, “कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएका छौं आगामी दिनमा आवश्यक सहयोगहरु पनि उपलब्ध गराउँदै जानेछौं ।” वालिङ ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ ७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, १० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, १२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र १२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६ सय वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
मा प्रकाशित