बाँझो जमिनमा खेती गर्ने फलेवासका कृषकलाई अनुदान दिइयो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

बाँझो जमिनमा खेती गर्ने फलेवासका कृषकलाई अनुदान दिइयो

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, पर्वत
पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरि खेती गर्ने ९७ जना कृषकहरुलाई १० लाख ५१ हजार अनुदान प्रदान गरेको छ । हिजो र आज गरी नगरका ११ वटै वडाका कृषकहरुलाई क्षेत्रफलका आधरमा प्रतिरोपनी २ हजारका दरले अनुदान रकम प्रदान गरिएको कृषि शाखा प्रमुख सन्तोष सुवेदीले जानकारी दिनुभयो । सबै वडामा गरी जम्मा ५ सय २५ दशमलव ५ रोपनी क्षेत्रफल विगत २ वर्ष पहिलेदेखि बाझो रहेको खेतबारीमा खेती गरी ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको उहाँले बताउनुभयो । नगरले कृषक मैत्री कार्यक्रम सञ्चालन गरेको र बाझो जमिनलाई हराभरा बनाई आयातलाई प्रतिस्थापन गर्ने सोचका साथ अनुदानका कार्यक्रम अगाडि बढाएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । श्रमिक कल्याणकारी कोष, कृषि ऋृणमा व्याज अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उत्पादनमा जोड दिन कृषकहरुलाई प्रोत्साहन र सम्मानका कार्य गरिएको शर्माले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्