कनिका खबर
मंसिर २४, तेह्रथुम
पुर्बको पर्यटकीय तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पुर्वाधार नहुदा यहाँ सम्म आउने पर्यटकलाई समस्या भएको छ । सरकारले पर्यटकीय पुर्वाधार निर्माणमा ध्यान नदिदा त्यसको असर आन्तरिक पर्यटकमा समेत देखिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टिएमजे क्षेत्रमा सडक, सुरक्षा, स्वास्थ्य, सञ्चार, होटल लगायतका कुनै पनि पुर्वाधार निर्माणमा सरकारको ध्यान नपुगेको स्थानीयको गुनासो छ । एकै स्थानमा २८ प्रजातीका गुराँस फुल्ने टिएमजेलाई सरकारले नयाँ पर्यटकीय गन्तव्य सुचीमा समेटेको भएपनि पुर्वाधार निर्माणमा भने खासै ध्यान नदिएको चौकी बजारमा होटल व्यवसाय संचालन गरिरहेका उदय कुमार तामाङले बताउनु भयो ।
मा प्रकाशित