कनिका खबर
मंसिर २४, दाङ
च्याम्पियन्स लिग फुटबलमा आज राति ९ खेल हँुदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुन लागेको छ । समूह ‘ए’ को खेलमा बायर्न म्युनिख र लोकोमोटिभ मस्को तथा साल्जबर्ग र एट्लेटिको मड्रिड भिड्दैछन् । यस्तै समूह ‘बी’ मा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हँुदैछ । यस्तै, समूह ‘सी’ को खेलमा म्यान्चेष्टर सिटी र मार्सेली तथा पोर्टो र ओलम्पियाकोसबीच प्रतिस्पर्धा हुनेछ भने समूह ‘डी’ को खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड खेल्नेछन् । समूह ‘एच’ को खेलमा खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिरबीच प्रतिस्पर्धा हुनेछ ।
मा प्रकाशित