यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले इस्तानबुललाई ५–१ले हरायो – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले इस्तानबुललाई ५–१ले हरायो

    मा प्रकाशित

एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे।

 

खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेइमारको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा नेइमारले नै किलियन एम्बापेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बापेले गोल गर्दा पहिलो हाफमा पीएसजी तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा नेइमारले फेरि अर्को गोल थपे। उनले ५० औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा एम्बापेले डि मारियाकै पासमा ६२ औं मिनेटमा गोल थपे।

उता इस्तानबुलका लागि मेहमेट तोपालले ५७ औं मिनेटमा सान्त्वना गोल फर्काए। अघिल्लो दिननै तोकिएको यो खेल विवादका कारण एकदिन पछि सरेको थियो।

समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्