मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

    मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले आज शिष्टाचार भेटवार्ता गरेकोे छ ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे ।

भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।
ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उहाँहरुलाई जानकारी गराए ।रासस

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्