मौसम अपडेट : आज केही स्थानमा हल्का वर्षा – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

मौसम अपडेट : आज केही स्थानमा हल्का वर्षा

    मा प्रकाशित

मंसिर २५, दाङ ।
आज बिहीबार देशका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार राति प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्