प्राध्यापक संघको ध्यानाकर्षण – Kanika Khabar
Friday, February 14Nepali News Portal

प्राध्यापक संघको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ७, दाङ ।

नेपाल संस्कृत विश्व विद्यालय प्रध्यापक संघले पदाधिकारी नियुक्ति गर्नका लागि नेपाल सरकार समक्ष पुन ः माग गरेको छ । संघका सभापति शम्भुराज गौतम र महासचिव डा. अर्जुनप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा कोभिड १९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सक, सुरक्षाकर्मी तथा सरसफाइकर्मीप्रति आभार प्रकट समेत गरिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘जस्तोसुकै कठिन अवस्थामा पनि विश्वविद्यालयका प्राज्ञिक र शैक्षिक गतिविधिहरु चलिरहनु पर्नेमा नेपाल संस्कृत विश्व विद्यालय गत २०७६ भदौ ७ गतेदेखि नेतृत्वविहीन भई अस्तव्यस्त अवस्थामा रहेको हुँदा अविलम्ब पदाधिकारीहरुको नियुक्ति गर्न यसपूर्व पनि यस संघले ध्यानाकर्षण गराएको स्मरण गराउँदै हालसम्म पनि नियुक्ति हुन नसक्नु दुःखपूर्ण मान्दछ र पदाधिकारी नियुक्ति गर्न नेपाल सरकार समक्ष पुनः माग गर्दछ ७ गतेदेखि नेतृत्वविहीन भई अस्तव्यस्त अवस्थामा रहेको हुँदा अविलम्ब पदाधिकारीहरुको नियुक्ति गर्न यसपूर्व पनि यस संघले ध्यानाकर्षण गराएको स्मरण गराउँदै हालसम्म पनि नियुक्ति हुन नसक्नु दुःखपूर्ण मान्दछ र पदाधिकारी नियुक्ति गर्न नेपाल सरकार समक्ष पुनः माग गर्दछ ।’’

साथै विज्ञप्तिमा चालु आर्थिक वर्षमा बृद्धि भएको तलब यस विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुलाई हालसम्म पनि उपलब्ध नगारएको प्रति ध्यानाकर्षण भएको जनाइएको
छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्