गजल – Kanika Khabar
Friday, March 29Nepali News Portal

गजल

    मा प्रकाशित


एउटै पार्टी ,एउटै झण्डामुनि ,अहम किन भोरु
सडक भरि नाराजुलुस मात्र ,हरदम किन भोरु

न कसैले माग्यो न दियौं कसैलाई तिमीहरूले,
बाँडीचुडी आफैं खान्थ्यौं र पनि कम किन भोरु

आफ्नै हातमा डाडुपन्यु थ्यो,आफैं भान्से थ्यौं,
हाँसीखुसीले सबै चास्नीमा थ्यौं, गम किन भोरु

बोल्थ्यौ सधैं दोष नदेउ जनताकै मतियार हौं,
ठाउँपिच्छे अहिले फरक बोली,कसम किन भोरु

जनतामाझ एकहुन कसेका बाचा बन्धन थिए,
आज विष देखाउनु रैछ हिँजो अनुपम किन भोरु

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्