कविता : “प्रतिरोध” – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कविता : “प्रतिरोध”

    मा प्रकाशित

हेर्दा हेर्दै
क्षण भरमै ढल्पी जाने
मेरै गालामा टिल्पिलाएका
कोमल पानीका थोपा जस्तो
क्षणभंगुर जीवनको
एक निरीह बिम्ब हुॅं म।
जति सुन्दर र कोमल छ
मेरो सुवासित बाह्य रूप
त्यति नै कुरुप र कठोर छ
म भित्र अलिखित जीवन भोगाइको
आदिम दुस्खको पहाड।

अजिंगरले आहारा निले जस्तो
सिनित्त निलेर
घामको प्रचण्ड अग्निज्वाला
बालुवाले झैं
शोषेर भारी अम्ल वर्षा
सहेर कैयौं पटक
क्रूर हुरीका निर्मम लात र मुक्काहरु
निस्सासिएर
भिषण हिमपातको घेराबन्दीमा बेला बेला
जोगाएको यो सौन्दर्य
जव भइदिन्छ
आफ्नै अस्तित्व विघटनको
अकाट्य कारण
तव मलाई
आफ्नै सौन्दर्य प्रति अफसोस् लाग्छ
सुन्दर भनिने यो जीवनप्रति क्रोध जाग्छ।

चटक्क चुॅंडेर
मेरो यो फक्रदो जीवन
तिम्रो भगवान
अर्थात निर्जीव ढुंगालाई पुज्ने
ए, रूढिग्रस्त भक्तजनहरू
पटक्क भाच्दा मेरो घॉंटी
काप्छन् कि काप्दैनन् तिम्रा बलिश्ठ हातहरुरु
प्रेमको नाममा
लुटेर मेरो परिपुष्ट यौवन
आफ्नी प्रेमिकाका अन्जुली भर्न लालयित
ए निर्दयी प्रेमीहरु
जवरजस्त छुट्याउॅंदा मलाई हॉंगाबाट
पश्चातापको रातो लज्जा
सल्बलाउॅंछ कि सल्बलाउदैन तिम्रा अनुहारमारु
प्यास मेट्न कै लागि मात्र
मलाई देखावटी प्रेमको अंगालोले बेर्ने
ए अवसरवादी टुरिस्ट भॅंवरास
रसकै लागि मात्र
मलाई घन्टौॅं चुमीरहॅंदा
के नाप्न सक्यौॅं तिमीले
मेरो प्रेमको गहिराईरु
लुछुप्पै भिजेको यो तिम्रो अनुहार
मेरो रगतले हो या ग्लानिको उष्ण पसिनालेरु
मेरो सुन्दरताको बखान लेखेर
कहिल्यै नथाक्ने
ए भावुक रोमान्टिक कविहरु
किन जाग्दैन तिमीहरुको संबेदना रु
देख्दा मैले भोगिरहेको युगौॅं देखिको कहर
कस्ले बॉंध्छ कालो पट्टी तिम्रा चेतनामा
नदेख्न म माथिको असह्य ज्यादति
नलेख्न म माथिको क्रूर बर्बरता।

(घोराही, दाङ
हाल : टेक्सस, अमेरिका)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्