दोस्रो गजल महफिल सम्पन्न – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दोस्रो गजल महफिल सम्पन्न

    मा प्रकाशित

कनिका खबर
पुस १८,दाङ ।

No description available.
दाङको घोराहीमा दोस्रो गजल महफिल सम्पन्न भएको छ । गजल अभियान नेपाल, दाङको आयोजनामा सम्पन्न गजल महफिलले आज शनिबारको दाङमा गजल मनह?लाई मन्त्र मुग्ध बनायो ।

आज शनिवार सम्पन्न महफिलमा दङाली गजलकार प्रतिक संग्रामी, बर्दियाका गजलकार हरि प्रकाश भण्डारी, दाङकी चर्चित गजलकार पुनम थापा तथा पछिल्लो समय अनलाईन गजल वाचन मार्फत मन पराईएकी सल्यानकी गजलकार सृजना देवकोटाले गजल बाचन गरेका थिए । राष्ट्रप्रेम, समसामयिक विषयवस्तु तथा श्रृङ्गारिक गजलह?ले महफिलको रौनकता बढाएको थियो ।
गजल बाचनका साथै आजको महफिलमा गजल गायन पनि भएको थियो । गायक तथा संगीतकार गोविन्द मधुर आचार्य र गायक प्रकाश रेग्मीले गजल गायन गरेका थिए ।
गजल अभियानका अध्यक्ष प्रवल विष्टको अध्यक्षता तथा बरिष्ठ गजलकार टीकाराम उदासीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अभियानका उपाध्यक्ष आदिम केसीको स्वागत मन्तव्यबाट सु? भएको कार्यक्रमको सहजीकरण अभियानका सचिव प्रकाश केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्