यो जित सबै व्यवसायीको हो : अध्यक्ष बुढाथोकी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

यो जित सबै व्यवसायीको हो : अध्यक्ष बुढाथोकी

    मा प्रकाशित

दाङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा पनि दाङ उद्योग वाणिज्य संघको नेतृत्व टंक बुढाथोकीले निर्वाचन जितेका छन् । सर्वदलीय÷सर्वपक्षीय सहमतिबीच पनि बुढाथोकीको नेतृत्वमा दाङ उद्योग वाणिज्य संघ चल्ने छ । जिल्लामा व्यावसायिक सम्भावना, औद्योगिक करीडोरका सम्भावना तथा जिल्लाका व्यवसायीहरुलाई कसरी लविङ गर्ने भन्ने सन्दर्भमा नव निर्वाचित दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंक बुढाथोकीसँग गरेको कुराकानीको सार संक्षेप ।

 यो विजयलाई कसरी लिनुभएको छ ?

 ठूलो चुनौतीबीच मैले चुनाव जितेको छ । यसबीचमा धेरै व्यवसयाीहरुलाई आफ्नो व्यावसायिकताका लागि मैले मत मागेँ । सोही अनुरुप मैले दाङ उद्योग वाणिज्य संघको नेतृत्वको अभिभारा लिँदै छु । किनकि यो पद लिइरहँदा मलाई धेरै भार पनि थपिएको मैले अनुभूति पनि गरेको छु ।

त्यसैले सानादेखि ठूला व्यवसायीहरुको सहकार्यले नै मैले चुनाव जितेको अनुभूति गरको छु । मलाई लाग्छ यो जित मेरो मात्र नभएर सम्पूर्ण व्यवसायीहरुको पनि जित हो । हारेका केही साथीहरुलाई पनि मैले मिलाएर नयाँ कार्यक्रम ल्याउनेमा पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

व्यावसायिक क्षेत्रमा लामो समयदेखि समस्याहरु रहँदै आएका छन् । व्यवसायीहरुले लामो समयदेखि भोग्दै आएका विभिन्न चुनौतीहरु समाधानका लागि सबै व्यवसायीहरु एक भएर लाग्नुपर्ने टड्कारो आवश्यकता छ । जबसम्म विद्यमान व्यावसायिक चुनौतीहरु यथावतै रहिरहनेछन् तबसम्म एउटा व्यवसायीले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण हुने छैन ।

अतः व्यावसायिक क्षेत्रमा विद्यमान तमाम समस्याहरुको समाधानका लागि मैले उद्योग वाणिज्य संघको उपाध्यक्षमा रहेर काम गर्दा पनि पहलकदमी लिँदै आएको जगजाहेरै छ । व्यावसायिक समस्या समाधानका लागि मेरो नेतृत्व व्यावसायिक क्षेत्रले महशुस ग¥यो र मलाई अध्यक्षको साझा उम्मेद्वारका रुपमा उभ्यायो । मैले विशेषतः विगतदेखि नै उठान गर्दै आएको व्यावसायिक चुनौतीको समाधान नै मेरो प्रमुख लक्ष्य र उद्देश्य हो । यसका लागि सबै व्यवसायीहरुका बीचमा एकता कायम गर्दै हामी सबैको हकहिकतका लागि नै मेरो नेतृत्वको उद्देश्य हो ।

 व्यावसायिक हकहितका लागि तपाईंले गर्ने कार्यहरु बुँदागत रुपमा भनिदिनुस् न ?

 मैले अब दाङ उद्योग वाणिज्य संघको नेतृत्व पनि लिइसकेको छु । अब मैले गर्ने प्रयास स्थानीय तहदेखि संघीय तहसम्म पनि हुन्छ भन्नेमा सबै आम व्यवसायीहरुलाई ढुक्क बनाउन चाहन्छु । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा कायम भएको छ । अब प्रदेश सरकारले बनाउने कानुनहरु व्यवसायमैत्री हुनुपर्छ ।

त्यसका लागि मैले नेतृत्वदायी भूमिका निर्वाह गर्ने छु । ता कि उक्त कानुन व्यवसायीमैत्री बनोस् र त्यसो हुन सकेको खण्डमा जिल्लाका सबै व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा सहज हुने पनि छ । मिस म्याचको समस्या समाधानका लागि सहजीकरण गर्ने मेरो अर्को लक्ष्य हो । व्यवसायी, राजश्व कार्यालय र घरेलु उद्योग कार्यालयबीच समय–समयमा समस्या देखिँदै आएका छन् । यो समस्या समाधानका लागि मैले पहलकदमी लिनेछु ।

बजारमा अव्यवस्थित रुपमा भइरहेको व्यापारलाई व्यवस्थापनका लागि मैले पहल गर्ने छु । यसका लागि विभिन्न सरोकार राख्ने निकाय तथा पक्षहरुसँग आवश्यक समन्वय गरेर अघि बढ्ने छु । ता कि सबै व्यवसायीहरुले उचित व्यवस्थापनका साथ व्यवसाय सञ्चालन गर्न पाऊन् र बजार पनि थप व्यवस्थित बनोस् भन्ने मेरो चाहना हो ।

घोराहीमा औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया चलिरहेको छ । औद्योगिक क्षेत्र स्थापना गरेर सम्पूर्ण उद्योगीहरुलाई न्यायोचित हुने खालको यो महान कार्यलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्र स्थापनाको बाँकी काम पूरा गर्ने पनि मेरो लक्ष्य छ । नेपालगञ्ज स्थित नाप–तौल तथा गुणस्तर विभागलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमै बोलाएर गुणस्तर मापन गर्दै आएको छ । यो गुणस्तर मापनलाई थप सहज बनाउनका लागि पहल लिने छु ।

 तपाईं उद्योग वाणिज्य संघको उपाध्यक्ष रहँदा के काम गर्नुभयो ?

मैले अघि पनि भने म पूर्ण रुपमा व्यवसायीहरुको हकहितका लागि लड्दै आएको छु । साना तथा मझौला व्यवसायीहरुले कर बुझाउनका लागि भोग्नुपरेको समस्या हामीले समाधान ग¥यौँ । त्यसका लागि उद्योग वाणिज्य संघमै हेल्पडेस्क स्थापना गरेर यस्ता साना तथा मझौला व्यवसायीहरुलाई कर तिर्ने वातावरण निर्माण ग¥यौँ ।

बजारमा विद्यमान कालोबजारी नियन्त्रणका लागि मैले नै नेतृत्व लिएँ र यो जटिल समस्याको समाधान पनि केही हदसम्म समाधान भयो । यसैगरी यहाँका स्थानीय व्यवसायीहरुलाई मर्का पार्ने गरी वाह्य झोले व्यापारीहरु आउने गलत परिपाटीको विकास भइरहेको थियो । यस्ता झोले व्यापारीहरुको व्यापारलाई निरुत्साहित पारेर यहाँका स्थानीय व्यवसायीहरुको व्यवसायलाई टेवा पु¥याउने कामको पनि नेतृत्व लिएँ ।

मैले यो पनि जानकारी गराउँ कि मेरै पहलमा यस्ता झोले व्यापारीहरुलाई कारवाही गरिएको पनि छ । यसैगरी अहिले स्थायी राजधानी दाङले पाएको छ । स्थायी राजधानी दाङ घोषणाका लागि उद्योग वाणिज्य संघले राजधानी सरोकार समितिको नेतृत्व लियो । हामीले यसका लागि लड्दै आयौँ, सडकमा उत्रियौँ । फलतः अहिले राजधानी हामीले पायौँ, दाङले पाएको छ ।

स्थायी राजधानी घोषणा कागजी रुपमा भए पनि यसको भौतिक उपस्थिति कहिले होला भन्ने चिन्ता र चासोको विषय बनेको छ । राजधानी घोषणाका लागि हामीले जत्तिको संघर्ष ग¥यौँ, यसको कार्यान्वयनका लागि पनि अहम भूमिका निर्वाह गर्नु जरुरी छ । अतः स्थायी राजधानी कार्यान्वयनका लागि म सरोकार समितिको नेतृत्वमा रहेर ठोस पहल लिनेछु ।

 अध्यक्ष पदमा तपार्इंहरु बीचमै मतैक्यता देखिएन नि ?

जे भयो निकै दुःखद भयो । हामी व्यावसायिक एकताको कुरा जोडतोडले उठाएका थियौँ । केही मसँगैका हैसियत भएका साथीहरुसँग मलाई चुनाव लड्ने आवश्यक थिएन, तैपनि हामीले लोकतान्त्रिक मर्यादा र मान्यतालाई आत्मसात गर्नुपर्ने थियो । त्यही कारण मतभिन्नता पनि भएको हुनसक्छ । तर समग्रमा भन्नुपर्दा हामी व्यावसायिक एकता चाहन्छौँ ।

त्यसैका लागि हामीले सहमति र सहकार्य पनि खोजेको अवस्था हो । यसमा कुनै उम्मेद्वार हारे वा कुनैले जिते भन्दा पनि अहिलेको निर्वाचन परिणामले सबैलाई जिताएको छ । कुनै पनि व्यवसायीहरुले हारेको अनुभूति नहुने गरी मेरो कार्यकाल चलाउने कुरामा ढुक्क हुन अनुरोध गर्छु ।

 अझै धेरै व्यावसायिक चुनौतीहरु छन्, दोहोरो करको समस्या छ, कर प्रणालीकै विषयमा पनि समस्या छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

 म करको विज्ञ होइन तर व्यवसायीहरुले जानेर नजानेर दोहोरो कर तिरेको अवस्था मलाई जानकारी छ । राज्यलाई आधिकारिक कर तिर्नुपर्छ भन्ने मेरो मान्यता हो, राज्यका सबै अङ्गले राज्यलाई कर नतिरे राज्य चल्दैन भन्ने पनि हामी आम व्यवसायीहरुको मान्यता हो ।

त्यसैले कर प्रणालीलाई व्यवस्थित गर्नु पर्दछ भन्ने मात्रै मेरो माग हो । अबको पहिलो बैठकमा यसै विषयमा कुराकानी हुनेछ । यस कारण पनि हाम्रो सहमतिको नेतृत्वले सबै तहका सरकारलाई व्यवसायीका समस्याका विषयमा चलायमान र गतिशील बनाउने छन् भन्ने हाम्रो मान्यता पनि हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्