चित्रकला प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार प्रदान – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

चित्रकला प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार प्रदान

    मा प्रकाशित

कनिका खबर
पुस २४, दाङ ।


प्याब्सनकाे ३० अाैँ स्थापना दिवसकाे अवसरमा दाङमा आयाेजित चित्रकला प्रतियाेगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई आज शुक्रवार एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको छ ।
आज स्थापना दिवसकाे अवसरमा प्याब्सनले ती उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएकाे हाे ।
स्थानीय पालिकास्तरीय चित्रकला प्रतियोगितामा घाेराही नगरअन्तर्गतकाे कार्यक्रममा गाेरखा मावि घाेराहीका छात्रा एन्जिला बुढा मगर प्रथम, राजविद्या पाठशालाका छात्र अर्नव चाैवे द्वितीय र गाेरखा मावि घाेराहीका छात्र अमृत बुढा मगर तृतीय भएका थिए ।
यस्तै नारायणपुर क्षेत्र अन्तर्गत पशुपति विद्याश्रमका छात्र गणेश बस्नेत प्रथम , पशुपति विद्याश्रमकै छात्रा प्रकृति चाैधरी द्वितीय र युनिक मिडवेस्टर्न एकेडेमीका छात्र युवराज पुन तृतीय भएका थिए।
तुलसीपुर क्षेत्र अन्तर्गतकाे कार्यक्रममा सप्तरङ्गी इङ्लिस बाेर्डिङ स्कुलका छात्र मिलन लामिछाने प्रथम, सप्तरङ्गी इङ्लिस बाेर्डिङ स्कुलका छात्रा अनिशा नेपाली र ग्यालेक्सी विद्यालयका छात्र सागर घर्ती तृतीय भएका थिए ।
यस्तै लमही क्षेत्रमा भएकाे कार्यक्रममा जयन्द्र बाेर्डिङ स्कुलका छात्रा अञ्जली बुढा मगर र ज्यातिष्मति विद्यापिठका छात्र विवेक चाैधरी प्रथम भएका थिए ।
उत्कृष्ट छात्र छात्रालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्