विषयगत शिक्षक नहुँदा बाजुराका विद्यार्थी कालिकोट गएर पढ्न बाध्य – Kanika Khabar
Friday, April 19Nepali News Portal

विषयगत शिक्षक नहुँदा बाजुराका विद्यार्थी कालिकोट गएर पढ्न बाध्य

    मा प्रकाशित

जीवन कैला
पुस २६, बाजुरा ।
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ५ रहेको देवलकोट माद्यामिक विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थीहरु छिमेकी जिल्ला कालिकोटका विद्यालय गएर पढ्न बाध्य भएका छन् ।

विद्यालयमा गणित, विज्ञान, अंग्रेजी लगायत बिषयका शिक्षक नभएपछि उनीहरु ३ घण्टा टाढा रहेको कालिकोटका विद्यालय जाने गरेका छन् । कोरोना महामारी पछि विद्यालयहरु खुल्न थालेका छन् । तर विद्यालयमा बिषय शिक्षक नभएका कारण विद्यार्थीहरुले पढ्न भने पाएका छैनन् । विद्यालयमा विषयगत शिक्षक अभावका कारण नियमित पढाई नभएपछि देवलकोट माद्यामिक विद्यालयका विद्यार्थी कालिकोटको पचाल झरना गाउँपालिकामा रहेको जनप्रिय माध्यामिक विद्यालयमा पढ्नका लागि गइरहेका छन् ।

देवलकोट माद्यामिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाइ पढाउने, गणित, अंग्रजी र विज्ञान बिषयको शिक्षकको अभाब छ । आफ्नो विद्यालयमा पढाइ नभएपछि कक्षा ९ र १० का ६० जना विद्यार्थी ३ घण्टाको पैदल हिडेर अर्को जिल्लामा रहेको विद्यालयमा जाने गरेका छन् । एक जना अभिभावक राजन विष्ट ।देवलकोट माविमा दैनिक ३ जना शिक्षक मात्रै उपस्थित हुने गरेका छन् । विद्यालयमा कक्षा १ देखि १० सम्म लगभग ५ सय विद्यार्थी रहेका छन् ।

शिक्षक भने ३ जना मात्रै हुँदा विद्यार्थीलाइ पढ्न र शिक्षकलाइ पढाउन समस्या हुने गरेको विद्यार्थीहरु बताउँछन् । १० बजे विद्यालय पुग्न बाजुराका विद्यार्थी बिहान ७ बजे घरबाट हिड्ने गरेका छन् । फर्कदा बेलुका ७ भन्दा धेरै बज्छ । दुर्गम भएकाले बिषयगत शिक्षक नपाईएको विद्यालय र गाउँपालिकाले जनाएको छ ।

मासिक ५०–६० हजार तलवको ब्यवस्थापन गर्छौ भन्दा पनि शिक्षक पाउन मुस्किल भएको जगन्नाथ गाउँपालिका वडा नं ५का वडा अध्यक्ष प्रकाश शाही बताउँनुहुन्छ । विद्यालय सञ्चालनमा आएको करिव तिन महिना वितिसक्दा पनि शिक्षकको ब्यवस्थापन नहुदा विद्यार्थीको पढाई प्रभावित भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्