राजमार्ग अनलाइनकाेे दाेस्राे वार्षिकोत्सब – Kanika Khabar
Saturday, April 20Nepali News Portal

राजमार्ग अनलाइनकाेे दाेस्राे वार्षिकोत्सब

    मा प्रकाशित

दाङ, ३ माघ ।

राजमार्ग अनलाईनले शनिबार दोस्रो वार्षिकउत्सव मनाएको छ । दाङको घोराहीबाट अथोरिटी मिडीया प्रालिद्वारा संचालन हुँदै आएको अनलाईन बाह्रकुने दहमा एक औपचारिक कार्यक्रम गरि दोस्रो वार्षिकउत्सव मनाएको हो ।

अनलाइन संचालक समितिका अध्यक्ष तथा प्रधान सम्पादक दिपक जीएमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिएमले शिक्षाको एउटा माध्यम आम संचार जगत रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष ढंगले समाचार सम्प्रेसन गर्नुपर्ने बताएका थिए । कलम सानो भएपनि शक्तिशाली भएकोले राजमार्ग अनलाईन आवाजबिहिनको साथी बन्नुपर्नेमा जोड दिएका थिए । प्रविधिको विकाससंगै अहिलेको समयमा अनलाईन पत्रकारिता आवश्यकता रहेको उल्लेख गर्दै अनलाइन पत्रकारितालाई थप विश्वसनियता बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मा, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष बिमल श्रेष्ठलगायतले नागरिकको सुचना पाउने अधिकार स्थापित गर्न राजमार्ग अनलाईनको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । संचालक समितिका महासचिव मिनराज भाटको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा सामाजिक संघ संस्थालाई सम्मान गरिएको छ ।

अनलाइनले दोस्रो वार्षिक उत्सवको अवसरमा लायन्स क्लबअफ घोराही सिटी, त्रिभुवन नगरजेसिज , दाङ महिला जेसिज, सफल व्यवसायी तथा टिमार्टका संचालक टिकाराम रावत, खेलाडी गोपाल कुवँर, संचालक समितिका सदस्य धर्मेन्द्र श्रेष्ठ र प्रविनकुमार भण्डारीलाई सम्मानपत्रले सम्मान गरिएको छ ।

संचालक समितिका अध्यक्ष तथा प्रधानसम्पादक दिपक जीएमले अनलाईनलाई पाठकको मागबमोजिम थप परिस्कृत बनाउदै लगिने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्