नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : मुख्यमन्त्री पोखरेल – Kanika Khabar
Monday, March 8Nepali News Portal

नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : मुख्यमन्त्री पोखरेल


    मा प्रकाशित

माघ ३, अर्घाखाँची ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताए ।

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा सङ्घीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे ।

उनले भने, “राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।”

उनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए। उनले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको उनको आरोप छ ।

यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले लोकतन्त्र र सङ्घीयता बचाउन संसद् विघटनको विकल्प नभएको बताए । उनले उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति तय गरेको समेत बताए ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नभई नहुने भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको बताए ।

उनले भने, “कुनै सिद्धान्त र नीतिभन्दा पनि पद र कुर्चीका लागि पार्टी विभाजनको अवस्थामा पु¥याएका छन् ।”

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री तथा नेकपाका नेता मणि थापा, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालगायतले कार्यकर्तालाई निर्वाचनमा लाग्न निर्देशन दिए ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्