माघ ८ गते घोराही वडा नं. १५ मा नेपाली काङ्ग्रेसको विरोध प्रदर्शन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

माघ ८ गते घोराही वडा नं. १५ मा नेपाली काङ्ग्रेसको विरोध प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
माघ ४, दाङ ।

No description available.
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार देशभर बिरोध कार्यक्रम भइरहेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा काङ्ग्रेसले देशव्यापी विरोध कार्यक्रम थालेको हो । माघ ८ गते काङ्ग्रेसले सबै वडास्तरीय विरोध कार्यक्रमको आयोजना गरेको छ ।

केन्द्रीय निर्देशन अनुसार नेपाली काङ्ग्रेस घोराही उप महानगरपालिका वडा नं. १५ ले बिरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । काङ्ग्रेस वडानं १५ ले बिरोध जलुस एवम् बिरोध सभा गर्ने कार्यक्रम तय गरेको सभापति प्रकाश श्रेष्ठले बताए ।

सभापति श्रेष्ठले बिरोध कार्यक्रम सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका भातृ संघ संस्थाहरू र शुभेच्छुक संघ संस्था , नागरिक समाज बुद्धिजीवी , ब्यबसायी र सञ्चारकर्मी लगायत सम्पूर्ण देशभक्त नेपालीहरूलाई आह्वान गरेका छन् /

घोराही वडा नं १५ जिल्लाकै विशेष मानिन्छ । वडा नं १५ को विरोध कार्यक्रममा  पूर्व मन्त्री बलदेव शर्मा मजगैया राष्ट्रिय सभा सचेतक अनिता देवकोटा, पूर्व सभापति  तीर्थराज चैतु ज्ञवाली र संविधान सभा सदस्य राजु खनाल लगायतका नेताहरूले नेताहरु रहेका कारण पनि वडा नं. १५ को कार्यक्रमलाई अलि बढी महत्वका साथ लिइएको इकाइ सह सचिव शिशिर अधिकारीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्