दोस्रो माडी गोल्ड कप : आज तनहुँ र भरतपुर भिड्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दोस्रो माडी गोल्ड कप : आज तनहुँ र भरतपुर भिड्ने

    मा प्रकाशित

सुवास लामिछाने
माघ ५, चितवन ।
राष्ट्रिय स्तरको दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज एक खेल हुँदैछ ।

माडीको बसन्तपुरमा आज दिउँसो २ बजेअल स्टार क्लब तनहुँ र सेन्ट्रल कलेज बिएफसी भरतपुरबीच प्रतिस्पर्धा हुने आयोजक कमिटिका अध्यक्षन विन बस्यालले जानकारी दिए ।
यसअघि हिजो सम्पन्न खेलमा माडी ११ माडीले वीरगञ्जयुथ एकेडेमीलार्ई ५–१ हराउँदै सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् भने विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्यालले बताए । ८ क्लबको सहभागिता रहेको प्रतियोगिता माघ १० गतेसम्म जारी रहनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्