पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगको अपिल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगको अपिल

    मा प्रकाशित

पोखरा, माघ ५ ।
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियलिटी सो वाइ वाइ नेपाल स्टारको फाइनलमा प्रवेश गर्न सफल पोखरेली चेली एलिना गुरुङलाई जिताउन सहयोगको लागि अपिल गरिएको छ ।
एलिना गुरुङ जिताऔं समितिले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी फाइनलमा प्रवेश गरेकी एलिना लाई भोट गररे सहयोग गर्न सबैमा अनुरोध गरेको एलिना जिताउ अभियानका संयोजक मिनकाजी गुरुङले बताए ।

एलिना गुरुङलाई जिताउन देश तथा बिदेशमा पनि बिभिन्न समिति तथा उप समिति गठन गरिएको संयोजक गुरुङले बताए ।
एलिना उत्कृष्ट ४ हुँदै शनिबार भएको सेमिफाइनलबाट फाइनलमा प्रवेश गरेकी हुन्। पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले पोखरामा बिभिन्न कार्यक्रमहरु पनि गरेको छ ।

कास्कीको मादी गाउँपालिका २ ताङतिङ घर भएकी गुरुङ हाल संगमटोल पोखरामा बस्दै आएकी छन् ।गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पुर्णलाई एलिनाले धन्यवाद एवं आभार व्यक्त गरेकी छन्। उपाधि दिलाउन आफुलाई सक्दो भोट गरिदिन एलिनाले सम्पुर्णलाई पुनःआग्रह गरेकी छिन्। एलिनालाई उपाधिका लागि ल्क्घण् टाइप गरी घघण्ण्ज्ञ नम्बरमा म्यासेज पठाएर र नेपाल टेलिभिजनको एप डाउनलोड गरी निशुल्क र सशुल्क भोट गर्न सकिने सहयोग समितिले आव्हान गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्