खगेन्द्र बहादुर बस्नेतको सम्झना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

खगेन्द्र बहादुर बस्नेतको सम्झना

    मा प्रकाशित

घोराही, ६ माघ ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्रबहादुर बस्नेतको ९३ औं जन्म जयन्ती सोमबार घोराहीमा मनाइएकाे छ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।
दाङ शाखा सभापति शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपमहासचिव चिन्तामणि पौडेलले २०२६सालमा नेपाल अपाङ्ग संघ स्थापना गरेर खगेन्द्र बहादुर बस्नेतले नेपालमा अपाङ्गता भएकाहरुको अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जन्मदा सांग भएपनि पछि अपाङ्ग हुनुभएका बस्नेतले आफ्नो सम्पती नै अपाङ्गहरुको सेवामा समर्पण गरेको जानकारी पनि उहाँले दिनुभयो ।
यस्तै नेपाल अपाङ्ग संघ दाङका निवर्तमान सभापति श्रीमन न्यौपानेले अपाङ्गता भएकाहरुलाई अधिकार दिने कुरा दयाको कुरा नभएर अधिकारको कुरा भएको बताउनुभयो । अपाङ्गता भएकाहरुलाई दया भन्दा पनि अवसरको खाँचो रहेकोमा उहाँको जोड थियो । राज्यले सवैलाई अधिकार बराबर दिनुपर्ने भन्दै अपाङ्गता भएकाहरु अधिकारबाट बञ्चित भइरहेको अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा शाखा उपसभापति रुपा वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद शाखा कोषाध्यक्ष बसन्त भट्टले गर्नुभएको थियो । शाखा सभापति अधिकारीले खगेन्द्र बहादुर बस्नेतको जीवनीका बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव भुमा चौधरीले गर्नुभएको थियो । १९८५ साल माघ ५ गतेका दिन जन्मनुभएका खगेन्द्र बहादुर बस्नेतको निधन २०३४ सालमा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्