अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास पनि रोकियो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास पनि रोकियो

    मा प्रकाशित

एजेन्सी ।
नव निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिङ्गटन डिसीस्थित संसद भवन (क्यापिटल बिल्डिङ) बन्द गरिएको छ । अमेरिकी काँग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा ५जनाको मृत्यु भएको थियो । यस्तै जो बाइडेनको पदभार ग्रहणको पूर्वाभ्यास पनि स्थगित गरिएको छ । बाइडेनको शपथ अघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ ।
प्रत्यक्षदर्शीले संसद भवन नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् । वासिङ्गटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् । क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्रबाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्