प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना : प्रचण्ड – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना : प्रचण्ड

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गर्नुभयो । यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ, उहाँले भन्नुभयो ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डको भनाइ छ । विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका पनि उहाँले बताउनुभयो । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको पनि प्रचण्डले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्