प्रदेश १ मा काँग्रेससंसदीय दलको बैठक विना निष्कर्ष टुंगियो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रदेश १ मा काँग्रेससंसदीय दलको बैठक विना निष्कर्ष टुंगियो

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
प्रदेश १ मा प्रमुख विपक्षी नेपाली काँग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि काँग्रेसको समर्थन चाहिन्छ । तर काँग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

आज बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि विहान फेरि बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्