अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा सङ्क्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३७६ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ५१ हजार ६८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ६६ हजार ७१ जनामध्ये २८ हजार ५५३ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४२२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्