हेर्दाहेर्दैमा रहेको प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज – Kanika Khabar
Friday, March 29Nepali News Portal

हेर्दाहेर्दैमा रहेको प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज हुने भएको छ । हिजोका लागि तय भएको बहस हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाई सारिएको हो । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए ।
रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गर्नुभएको थियो ।प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिट निवेदनबमोजिम हिजो संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभयो ।
संवैधानिक इजलासमा सुनुवाइ भएको हिजो तेस्रो दिन उहाँले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिनुभयो ।रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता शेरबहादुर ढुंगानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको विघटन बदर गरी पुनर्स्थापना हुनुपर्ने माग गर्नुभयो ।रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन्।यसैगरी, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्नुभयो । एउटै वकिले ५ घन्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्