आजदेखि भारतले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आजदेखि भारतले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
भारतले आजदेखि नेपाललाई अनुदानस्वरुप कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतले नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको हो ।

भारतीय विदेश मन्त्रालयले हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप उपलब्ध गराउने तयारी भइरहेको छ ।

त्यसैगरी श्रीलंका, अफगानिस्तान र मोरिससलाई पनि भारतमा बनेको कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताइएको छ ।भारतले खोप उपलब्ध गराउनुका अघि खोप सम्बन्धी तालिम, खोप भण्डारण, कोल्ड चेन लगायतका विषयमा सम्बन्धीत मुलुकमा कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा पनि जानकारी मागेको छ । यस्तै खोप लगाउने जनशक्तिलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ ।

भर्चुअल माध्यमबाट सञ्चालित २ दिने तालिम आज सम्पन्न हुनेछ । नेपाल सरकारले भारतले विकास गरेको कोरोना विरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि भारतले खोप उपलब्ध गराउन थालेको हो ।भारतको सिरम इन्स्टीच्यूट अफ इन्डियाले विकास गरेको कोरोना विरुद्धको खोप हाल भारतमा अभियानको रुपमा सञ्चालित छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्