सरकारले ल्याएको नागरिक एपमा त्रुटि भेटियो , सरकार सच्याउने तयारीमा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सरकारले ल्याएको नागरिक एपमा त्रुटि भेटियो , सरकार सच्याउने तयारीमा

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
‘‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सरकारले ल्याएको नागरिक एपमा त्रुटि देखिएको छ । एमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउन थालिएको छ ।
सरकारी सेवालाई प्रविधिजन्य बनाउने भन्दै ल्याइएको नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सो त्रुटि सच्याउन थालेको हो ।
हिजो मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया थालिएको बताउनुभयो ।
नागरिकता सम्बन्धी विवरण मेल नखाएकाले एप प्रयोगमा कठिनाइ भएको गुनासो प्रयोगकर्ताहरुले गरेका थिए ।
सोमबारबाट सुरु गरिएको एप हालसम्म एक लाख बढी डाउनलोड भइसकेको छ ।
एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने भनिएको छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिने पनि व्यवस्था गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्