पेस्तोलसहित एक जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

पेस्तोलसहित एक जना पक्राउ

    मा प्रकाशित

श्रीकान्त झा
माघ ७, जनकपुरधाम ।
धनुषा प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । हिजो जनकपुरधाम उप–महानगरपालिका १९ स्थित ५२ विगहाबाट प्रहरीले कटुवा पेस्तोलसहित लक्ष्मीनियाँ गाउपालिका १ सोहनीका १८ वर्षका विबेक यादवलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको अधारमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार यादवको साथबाट दुई थान पेस्ताल र गोली बरामद भएको छ ।

पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाइएको पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्