राष्ट्रपतिमा निर्वाचित बाइडेनको शपथ समारोह आज, २० हजार सेना सुरक्षाका लागि तैनात – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

राष्ट्रपतिमा निर्वाचित बाइडेनको शपथ समारोह आज, २० हजार सेना सुरक्षाका लागि तैनात

    मा प्रकाशित

एनेन्सी ।
अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज जो बाइडेनले शपथ ग्रहण गर्न लाग्नुभएको छ।७८ वर्षका बाइडेनले स्थानीय समयअनुसार आज दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोहमा शपथ ग्रहण गर्नुहुनेछ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति बाइडेनले मात्र ३५ शब्दको शपथ ग्रहण गर्नुहुनेछ ।यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य नहुने बताइएको छ । यसपटकको समारोहमा एक हजारदेखि १२ सय जनासम्म मानिसहरुमात्रै सहभागी हुनेछन्। यसपटकको अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अन्य वर्षको भन्दा कडा सुरक्षा निगरानीमा हुन लागेको छ । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारे पनि सहज रूपमा स्वीकार गर्न नसक्दा उहाँका समर्थकहरुले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी यसपटक विशेष सुरक्षा तयारी गरिएको छ । यसअघि अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकहरुले आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । सोहि घटनालाई ध्यानमा राखी शपथ समारोहका लागि अमेरिकी संसद् भवनको सुरक्षाका लागि २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्