राष्ट्रिय महिला लिग फुटबल आजबाट – Kanika Khabar
Friday, April 19Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबल आजबाट

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामात्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट लिग सुरु हुन लागेको हो ।

आजको खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको उद्घाटन खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निः शुल्क प्रवेशको सुविधा दिएको छ ।

उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् ।पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो । यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिग पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ ।यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् ।प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्