ट्रम्प प्रशासनपछि कन्जरभेटिभको चुनौती – Kanika Khabar
Saturday, April 20Nepali News Portal

ट्रम्प प्रशासनपछि कन्जरभेटिभको चुनौती

    मा प्रकाशित


लि एडवार्ड

हामी प्रायःजसो नयाँ राष्ट्रपतिले शपथग्रहण गर्दा राष्ट्रिय एकताका लागि जुट्न आह्वान गरेको सुन्छौँ । हामी विश्वस्त छौँ कि आगामी दिनमा पनि हामीले यस्तो सुन्नेछौँ । अफसोस ! हामी विभाजित भइसकेका छौँ । रातो र निलोमा, उदारवादी र रुढीवादीमा, समुद्र छेउका शहर र मध्य शहरमा ।

यस्ता कारणहरूबाट हामी निराश भने हुनु हुँदैन । हामी हाम्रो स्वतन्त्रतासँगै विभाजित थियौँ । संघीयता पक्षधर र विरोधी पक्षधर, ह्यामिल्टनियस र जेफरसोनियनसहरूले हाम्रो सरकार कस्तो हुने भन्ने विषयमा गरेको बहससँग हामी विभाजित भएका थियौँ । अन्त्यमा स्वतन्त्रतासँगै आएको संविधानका निर्देशित सिद्धान्तहरूले हामीलाई फेरि एकजुट बनाएका थिए ।

हाम्रो विभाजित देशले भयानाक गृहयुद्धको सामना गर्नुपर्‍यो, जहाँ एक भाइ अर्को भाइसँग लड्ने स्थिति बन्यो । अन्त्यमा हामी फेरि एकजुट भयौँ । किनभने, हामी जनताको, जनताद्वारा र जनताका लागि सरकार भन्ने नारा खेर जान दिने पक्षमा थिएनौँ । त्यसपछिको आठ दशक आर्थिक महामन्दी अगाडिसम्म सरकारको न्यूनतम भूमिका हामीले स्वीकार गर्‍यौँ । दोस्रो विश्व युद्धपछि हामीले सरकारको वृहत्तर भूमिका स्वीकार गर्‍यौँ ।

सन् १९६४ मा व्यारी गोल्डवार्टरले भारी मात्रामा व्यहोरेको पराजय होओस् अथवा सन् १९७६ मा रोनाल्ड रेगनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उमेदवार हुन असफल हुँदा होओस्, हामी प्रत्येकपटक कथाको फिनिक्स चराजस्तै हारको खरानीबाट माथि उठेका छौँ । हारबाट जब हामी माथि उठेका छौँ तब व्यापक परिवर्तन ल्याउन सफल भएका छौँ ।

त्यसको पाँच दशकपछि हामीले बहस गर्‍यौँ र फेरि रोनाल्ड रेगन प्रशासनबाट हामीले हाम्रो सरकारको भूमिका सीमित गर्ने दिशामा एक विशाल कदम उठाउने फैसला गर्‍यौँ । के बिर्सिन हुँदैन भने हामीले अमेरिकीहरूभित्र भविष्यका लागि आत्मबल भरिदिएका थियौँ । हामीले तुलना नै गर्न नसकिने आर्थिक प्रगति हासिल गर्नुका साथै एउटा पनि गोली खेर नफाली शीत युद्ध जितेका थियौँ ।

गएको तीस वर्ष हाम्रो सरकारबाट के चाहन्छौँ भन्ने प्रश्नमा हामी विभाजित भएका छौँ । द हेरिटेज फाउन्डेशनजस्ता संस्थाले नेतृत्व गर्ने कन्जरभेटिभ विचारधाराका मानिसहरू उत्तम सरकार त्यो हो जसले छोटो समय शासन गर्छ भन्ने विचार राख्छन् । हामीले राष्ट्रपतीय प्रशासनमा हाम्रो विचारधारासँग सहमति राख्ने श्रोता फेला पारेका छौँ ।

गएको चार वर्षमा कन्जरभेटिभले ठूलो सफलता हाँसिल गरेको छ । यो अवधिमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन् । ठूलो मात्रामा ट्याक्स घटेको छ (यो सबै अमेरिकीका लागि घटेको हो, धनी अमेरिकीका लागि मात्रै होइन) । मध्य पूर्वमा अतुलनीय शान्ति वार्ता भएको छ । हाम्रो सेना शक्ति सञ्चय गर्न सफल भएको छ । धरासायी भएको हाम्रो अर्थतन्त्रमा निकै सुधार आएको छ ।

सन् २०२० को निर्वाचन हाम्रो अनुकूल नभए पनि कन्जरभेटिभहरूका लागि मैदान छोडिहाल्नुपर्ने अवस्था आएको छैन । हामी यो मैदानमा रिपब्लिकन पार्टीका रोर्बट टेफ्ट सन् १९५२ को राष्ट्रपतीय निर्वाचनको उमेदवार बन्न असफल भएदेखि नै छौँ ।

हामीले टक्करको निर्वाचन परिणाम ल्याउँदै गर्दा पराजयले गर्दा केही निराश त भएका छौँ तर हामीले आगामी वर्ष निर्वाह गर्न सक्ने केही महत्वपूर्ण भूमिकामा भने ध्यान दिनुपर्छ । नयाँ प्रशासनले अग्रगामी हुने निहुँमा ल्याउने नीति हामीले विफल पार्नुपर्छ । ट्क्यास बढाउने नीतिको विरोध गर्नुपर्छ । यदि यी कार्य सफल भए हामी समाजवादी दिशातर्फ उन्मुख हुनेछौँ ।

सन् १९६४ मा व्यारी गोल्डवार्टरले भारी मात्रामा व्यहोरेको पराजय होओस् अथवा सन् १९७६ मा रोनाल्ड रेगनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उमेदवार हुन असफल हुँदा होओस्, हामी प्रत्येकपटक कथाको फिनिक्स चराजस्तै हारको खरानीबाट माथि उठेका छौँ । हारबाट जब हामी माथि उठेका छौँ तब व्यापक परिवर्तन ल्याउन सफल भएका छौँ । जस्तै, हामीले स्वतन्त्रताको अमूल्य सिद्धान्त ल्याएका छौँ भने सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रेगनलाई भारी मतले विजय पनि बनाएका छौँ ।

हामीले टक्करको निर्वाचन परिणाम ल्याउँदै गर्दा पराजयले गर्दा केही निराश त भएका छौँ तर हामीले आगामी वर्ष निर्वाह गर्न सक्ने केही महत्वपूर्ण भूमिकामा भने ध्यान दिनुपर्छ । नयाँ प्रशासनले अग्रगामी हुने निहुँमा ल्याउने नीति हामीले विफल पार्नुपर्छ । ट्क्यास बढाउने नीतिको विरोध गर्नुपर्छ । यदि यी कार्य सफल भए हामी समाजवादी दिशातर्फ उन्मुख हुनेछौँ ।

यो अवसरलाई कन्जरभेटिभहरूले प्रयोग गर्दै अमेरिकी आदर्शका रूपमा रहेको संविधान अन्तर्गतको सरकारको सिद्धान्तको रक्षा र सम्वद्र्धन गर्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता र दायित्व, राष्ट्रिय सुरक्षा र शान्तिको प्रत्याभूत गर्ने पारम्परिक अमेरिकी मूल्यमान्यता जोगाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।

यही आदर्शका कारण अमेरिकी राज्य २४४ वर्षदेखि जीवित रहेको छ । यो आदर्श भाव अघि बढाउँदै राष्ट्रिय एकता कायम गर्ने दिशामा कन्जरभेटिभहरू अग्रसर हुनुपर्छ ।

के हामी यो काम गर्न सक्छौँ ? पक्कै सक्छौँ, किनकि हामी सबैले एक सक्षम अमेरिका परिकल्पना गरेका छौँ ।

(लि अमेरिकाको कन्जरभेटिभ सोचको नेतृत्व गर्छन् । मूलरूपमा सिकागो ट्रिबुनमा जनवरी १७, २०२१ मा प्रकाशित यो लेख द हेरिटेज फाउन्डेसनबाट  लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्