कञ्चनपुरमा महिला बेपत्ताः साइकल मात्र फेला – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कञ्चनपुरमा महिला बेपत्ताः साइकल मात्र फेला

    मा प्रकाशित

माघ ७, कञ्चनपुर ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए । “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,” उनले भने ,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन्  ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्