पदीय भागबन्डाका कारण प्रतिनिधि सभा विघटन : खनाल – Kanika Khabar
Friday, March 29Nepali News Portal

पदीय भागबन्डाका कारण प्रतिनिधि सभा विघटन : खनाल

    मा प्रकाशित

कनिका खबर
मनघ ७, दाङ ।
सत्तारूढ दल नेकपाभित्रकााे पदीय भागबण्डाका कारण प्रतिनिधिसभा विघटन भएकाे संविधानसभा सदस्य राजु खनालले बताएका छन् । नेकपाभित्रकाे पदीय भागबन्डामा सहमति कायम हुन नसकेपछि अहिले मुलुकमा यस्ताे अवस्था आएकाे खनालले बताए ।
भाेलि बिहिवार काङ्ग्रेसले देशव्यापी रूपमा गर्न थालेकाे विराेध प्रदर्शनकाे पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिका समिति वडा नं. १५ ले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै संविधानसभा सदस्य खनालले संसद विघटन हुनुमा नेकपाका शीर्षस्थ नेताहरू नै जिम्मेवार रहेका बताएका हुन् । `संसद विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र दाेषी नभएर प्रचण्ड र माधव नेपालसहित सबै शीर्षस्थ नेता भागिदार छन् ।´ खनालले बताए ।
उनले थपे, `देशलाई स्थिरतातर्फ लैजाने नाराका साथ चुनावमा हाेमिएकाे र सरकारमा पुगेकाे नेकपा आफ्नै नारामा चुकेकाे छ ।´
भ्रष्टाचार र सुशासनकाे नारा लिएर अगाडि बढेकाे सरकार त्यसैमा आफू चुर्लुम्म डुबेकाे बताउँदै खनालले नेकपाले सुशासनकाे नारालाई आदर्श बनाएकाे तर सुशासनकाे नाममा आप्ना कार्यकर्तालाई भर्तीकेन्द्र बनाएकाे जिकिर गरे ।
अब नेकपाकाे छलछाम धेरै समय नचल्ने बताउँदै नेता खनालले नेकपा आम जनताकाे सामु नाङ्गिसकेकाे बताए । नेता खनालले वर्तमान सरकार इतिहासमै भ्रष्ट सरकार भएकाे बताउँदै नेकपाले जनताका पीडा र मर्मलाई बुझ्न नसकेकाे पनि बताए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्