भीम रावलले चुनाव जिते राजनीतिक सन्यास लिने वनमन्त्रीकाे घाेषणा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

भीम रावलले चुनाव जिते राजनीतिक सन्यास लिने वनमन्त्रीकाे घाेषणा

    मा प्रकाशित

कनिका खबर
माघ ७, दाङ ।
नेकपाभित्रकाे विवाद छताछुल्ल मात्र भएन नाङ्गो रूपमा नै प्रदर्शन भइरहेकाे छ । नेकपा दाहाल-नेपाल समूहका नेता डा. भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँग चर्काे आरोप प्रत्यारोपमा देखिएका छन् ।
नेकपाभित्रका प्रभावशाली मानिने नेता भीम रावलले चुनाव जिते आफूले राजनीतिक सन्यास लिने सरकारका एक मन्त्रीले बताएका छन् ।
नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले भीम रावलले चुनाव जिते आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
जनता जान्न चाहन्छन् कार्यक्रममा मन्त्री आले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा केपी शर्मा ओली समूह र प्रचण्ड-माधव समूह यथावत रहे भीम रावलले जिते राजनीतिबाट सन्याश लिने घोषणा गरेका हुन् ।
नेता रावलले आगामी चुनावमा अरुलाई नेतालाई प्रत्यक्ष निर्वाचन उठाएर आफू समानुपातिकमा उठने पनि मन्त्री आलले दाबी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्