नेपाललाई भारतले दियो १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाललाई भारतले दियो १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान

    मा प्रकाशित

माघ ७, काठमाडौँ ।
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभयो ।

अनुदानको खोपभोली देखि नै आउन थाल्ने पनि उहाँले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताउनुभयो ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताउनुभयो । खोप अनुदानमा दिएकामा भारत सरकारलाई उहाँले धन्यवाद पनि दिनुभयो । यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी पनि उहाँले गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्