कोरोना अपडेट : थप ३१८ जनामा कोरोना पुष्टि, ३८३ जना डिस्चार्ज र ६ जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोना अपडेट : थप ३१८ जनामा कोरोना पुष्टि, ३८३ जना डिस्चार्ज र ६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
माघ ७, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।योसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्